२०८१ बैशाख ८ शनिबार

रेवती भण्डारी प्रमुख सचेतक हुँदा एमाले सांसदकै आपत्ति

झापा । दलबाट निर्वाचित भएपछि पार्टी निर्णयको बेवास्ता गर्ने र निर्वाचितहरुमा दम्भ बढ्ने विषय नौलो होइन ।

निर्वाचनताका जनतामाझ प्रतिबद्धता गरेका मुद्दा धेरै पूरा हुँदैनन्, त्यो भन्दा बढ्ता पार्टीका अवसरबाट बञ्चित नेता कार्यकर्ताको माग पूरा हुँदैनन । र, पार्टीभित्रै निर्वाचित प्रतिनिधिप्रति आलोचित बन्छन् ।

पार्टीभित्र सरसल्लाह नगरी आफ्नो व्यक्तिगत निर्णय गर्ने प्रवृत्तिका कारण निर्वाचित प्रतिनिधि विवादमा पर्ने गर्छन् ।

नेकपा एमाले प्रदेश १ को संसदीय दलमा नेकपा एमाले सुनसरी जिल्ला कमिटीका अध्यक्ष रेवतीरमण भण्डारी चुनिएपछि निर्वाचित सांसदले अनभिज्ञता प्रकट गर्दै आपत्ति जनाएका छन् ।

सुनसरी क्षेत्र न १ प्रदेश सभा २ बाट निर्वाचित सांसद विजयकुमार राईले नेकपा एमाले संसदीय दल, प्रदेश नम्बर १ को प्रमुख सचेतक पदमा नियुक्त गर्दा सल्लाह नगरेको र जानकारीसमेत नगराइएको आशय व्यक्त गर्दै सामाजिक सन्जालमा प्रतिक्रिया दिएका छन्  ।

एमालेकै एक कार्यकर्ताले भण्डारीलाई बधाई तथा शुभकामना साथै कार्यकाल सफलताको शुभकामना दिंदै लेखेको पोस्टमा सांसद राईले विडम्वनाु भएको उल्लेख गरेका छन् ।

सांसद राईले लेखेका छन्, ‘के भयो ? सम्सदिय को दल को प्रमुख सचेतक चुनियो तर म सदस्य मलाई थाहा छैन ! बिडम्बना?’

सांसद राई नेकपा एमालेका प्रदेश कमिटी सदस्य र ससदीय दलका पनि सदस्य हुन् । तर रोचक कुरो, सांसद राईले समेत पिए नियुक्ति गर्दा पार्टी नेतृत्वसँग छलफल नगरेको विषय एमाले वृत्तमा विवादमा छ ।

सोही विषयलाई इङ्गित गर्दै उनी समर्थित कार्यकर्ताले नै उनको खिसीटिउरी गरेका छन् । सांसद राईको प्रतिक्रियाको उत्तर दिंदै ती सन्जाल प्रयोगकर्ताले मेन्सन गरेका छन्, ‘दाजु पिडा त सबैलाई उतिकै हुदो रैछ नि !’ सांसद राईले प्रमुख सचेतकमा आफ्नो दाबी रहेको चिया पसलतिर बताउँदै आएको एमाले कार्यकर्ता बताउँछन् । प्रदेश पोर्टलबाट

२०७९ पुष २४, आईतवार प्रकाशित 0 Minutes 356 Views

ताजा समाचार