२०८१ जेष्ठ ८ मंगलवार

धुलाबारी महोत्सवमा आज गायक शिव परियार आउने

मेचीनगर, १२ कात्तिक । आज धुलाबारी महोत्सवमा नेपाली सांगितिक क्षेत्रका चम्किलो गायक शिव परियार आउने भएका छन् ।

मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को १७ औँ दिन चर्चित गायक परियार आइतबार साँझ दर्शकलाई भरपुर मनोरञ्जन दिने भएका हुन् ।

महोत्सवमा राष्ट्रिय कलाकारहरु धमाधम आउन थालेपछि दर्शकहरुको भिड बढ्न थालेको आयोजकको भनाई छ । शनिबार चर्चित कलाकार प्रमोद खरेलले दर्शकलाईसँगै नचाएका थिए ।

यसअघि महोत्सवमा गायिका रचना रिमाल, एलिना चौहान, मेलिना मैनाली, गायक माइला, महेश काफ्ले, कमल खत्री लगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।

२०८० कार्तिक १२, आईतवार प्रकाशित 0 Minutes 205 Views

ताजा समाचार