२०८१ जेष्ठ ४ शुक्रबार

अर्जुनधारामा स्कुटर दुर्घटना : घाइते खतिवडाको मृत्यु

झापा । गत साता स्कुटर दुर्घटनामा घाइते भएकी अर्जुनधाराकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । गत कात्तिक ३ गते अर्जुनधारा- २ मदनपुरस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६प १०१९ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक अर्जुनधारा २ बस्ने ३५ वर्षीया माया अर्याल र पछाडि सवार सोही ठाउँकी ५२ वर्षीया विष्णुमाया खतिवडा घाइते भएका थिए । घाइतेहरूलाई बिर्ता सिटी हस्पिटल ल्याइएको थियो ।

घाइतेमध्ये खतिवडाको उपचारका क्रममा हिजो दिउँसो १.५० बजे मृत्यु भएको हो । अर्का सामान्य घाइते अर्याल उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

२०८० कार्तिक ११, शनिबार प्रकाशित 1 Minute 232 Views

ताजा समाचार