चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले करिब १८ वर्षपछि नेपालीहरुका लागि भिसा खुलाएको छ ।
अक्टोबर २५ अर्थात् यसैहप्ताको बुधबार हङकङ सरकारले नेपालीसँगै भियतनाम र लाओसका लागि पनि भिसा खुलाएको हो ।

सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो । बुधबार हङकङका प्रमुख जोन लीले भिसा नीति खुकुलो बनाइएको घोषणा गरेको सिन्ह्वाले जनाएको छ ।
अब नेपाली प्रतिभाहरूका लागि हङकङमा रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बन्नेछ । लीका अनुसार भियतनाम, लाओस र नेपालका प्रतिभाहरूलाई आकर्षित गर्न भिसा नीति खुकुलो बनाइएको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



