२०८० मंसिर २१ बिहीबार

युवा संघद्वारा दुर्गा प्रसाईँको कार्यक्रममा अवरोध, मूर्ति प्रतिस्थापन गर्न दिएनन्

झापा । बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँले इलामको दानावारीमा गर्न लागेको कार्यक्रममा नेकपा एमालेनिकट युवा संघका कार्यकर्ताहरूले अवरोध पुर्‍याएका छन् ।

युवा संघका कार्यकर्ताहरुको कडा अवरोधका कारण प्रसाईँले इलाम दानाबारीको शुक्रवारेमा दुर्गा माताको मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रम स्थगित गरेका छन् । दानाबारीमा निर्माण गरिएको दुर्गा मन्दिरमा ९ दिनसम्म पुराण लगाएर आज फूलपातीका दिन प्रसाईँले दुर्गा माताको मूर्ति प्रतिस्थापन गर्न लागेका थिए ।

दानाबारी जाने सडकको सुखानीमा युवा संघका कार्यकर्ताहरूले बिहानैदेखि टायर बालेर अवरोध गरेका थिए । उनीहरूले कुनै पनि हालतमा जान नदिने चेतावनी दिएपछि प्रसाईँले बाध्य भएर कार्यक्रम स्थगित गरेका हुन् । आफूले २५ लाखको लागतमा निर्माण गरेको मूर्ति प्रतिस्थापन गर्न खोज्दा एमालेले अवरोध गरेर राम्रो नगरेको प्रसाईँले प्रतिक्रिया दिएका छन् । उनले अब त्यस मन्दिरमा मूर्ति नराख्ने बताए ।

उनले सहयोगका लागि दुर्गा माताको दुई वटा मूर्ति निर्माण गरेका थिए । एउटा इलामको दानावरी र अर्को झापाको गौरादहका लागि । उनले दशै पछाडि गौरादहमा दुर्गा माताको मूर्ति सहयोग गर्ने बताइएको छ । काठमाडौँमा प्रसाईँलाई मोसो दलेपछि युवा सङ्घसँग उत्पन्न भएको रिसिबी अर्जुनधारामा महेश बस्नेतको कार्यक्रममा गाडी तोडफोड भएपछि झन् बढेर गएको छ ।

२०८० कार्तिक ४, शनिबार प्रकाशित 0 Minutes 194 Views

ताजा समाचार