२०८० मंसिर २१ बिहीबार

अपांग युवाहरूसँग विश्वप्रकाशको दशैं

दशैंमा मीठो खाने, नयाँ लुगा लगाउने र आफन्तजनसँग भेटघाट गर्ने प्रचलन प्रायको हुन्छ । राजनैतिक दलले भने चियापान कार्यक्रमसँगै शुभकामना आदानप्रदान गर्ने परम्परा देखिन्छ । नेपाली काँग्रेसको झापा १ काठमाडौ सम्पर्क समिती र सो क्षेत्रका सांसद विश्वप्रकाश शर्माले भने यसपालि दशैंलाई भिन्न ढंगले स्वागत गरेका छन् ।

सुस्त मनस्थिति र अपांगता भएका बालबालिकाको एक संरक्षण गृह काठमाडौको शंकरापुरमा छ । त्यहाँ रहेका ५३ जना मध्ये कोहि बोल्न नसक्ने र कोहि उभिन नसक्ने छन्, कोहि ह्विल चेयरमा छन् त कोहि सुस्त मनस्थितिका छन् । सम्पर्क समितिको संयोजनमा सांसदको तलबबाट केही रकम अनि केही रकम समितिका सदस्यहरुबाट संकलित गरेर खाद्यान्न तथा रकम गरि ४० हजार रुपैयाँ बराबरको सहयोग गरेर अपांगता भएका युवाहरूसँग विश्वप्रकाश र कांग्रेस सम्पर्क समितिले दशैं मनाएका छन् ।

न आसन ग्रहण, न भाषण, न खादामाला । सांसद शर्मा र सम्पर्क समितिका सभापति प्रज्वल कोइराला झापा १ सम्पर्क समितिका साथीहरू सहित पुगे, सहयोग गरे, उनीहरुलाई ढाडस दिए, अन्य बेलामा आवश्यक सहयोग गर्ने वचन दिए र फर्किए । विभिन्न जिल्लाका यी अपांगता भएका नागरिकलाई संरक्षण गरेर राख्ने समाजसेवी युवराज थापा आफैं अपांग छन् । अपांगता भएर पनि आफू जस्तै अरु धेरैको संरक्षण र सेवा गरेकोमा उनलाई सम्पर्क समितिले सम्मान समेत गरेको छ ।

२०८० कार्तिक ४, शनिबार प्रकाशित 0 Minutes 120 Views

ताजा समाचार