२०८१ बैशाख १ शनिबार

नाटक ‘म्लेच्छ’ को प्रदर्शन एक दिन थपियो, ५ हजार बढीले हेरिसके

काँकरभिट्टा, कार्तिक ३ । काँकरभिट्टास्थित परिवर्तन थिएटरमा प्रदर्शन भइरहेको नाटक ‘म्लेच्छ’ को प्रदर्शनलाई एक दिन थप गरिएको छ । असोज २५ गतेदेखि कार्तिक ३ गतेसम्म प्रदर्शन गरिने भनेको अब कार्तिक ४ गते शनिबार पनि नाटक प्रदर्शन गरिने परिवर्तन थिएटरका अध्यक्ष लिला बिष्टले जानकारी दिए ।

अपरान्ह २ः३० बजे र साझ ५ः३० बजे गरी दैनिक दुई शो प्रदर्शन भइरहेको नाटक म्लेच्छ कार्तिक ४ गते भने अन्तिम शोका रुपमा ५ः३० बजेको शो मात्रै प्रर्दशन गरिने नाटककी कला संयोजक कविता नेपालले बताइन् । दर्शकको अनुरोधमा नै नाटक म्लेच्छ एक शो थप गर्नु परेको नेपालले बताइन् ।

कलाकारसमेत रहनु भएकी नेपालका अनुसार कार्तिक २ गतेसम्म ५ हजार बढीले म्लेच्छ नाटक हेरिसकेका छन् । परिवर्तन थिएटरकै कलाकारहरुले अभिनय गरेको नाटक म्लेच्छको लेखन पत्रकार पर्वत पोर्तेल र निर्देशक गणेश बस्नेत रहेका छन् ।

२०८० कार्तिक ३, शुक्रबार प्रकाशित 0 Minutes 172 Views

ताजा समाचार