२०८३ जेष्ठ २८ बिहीबार

नेपाल प्रहरीमा इन्सपेक्टर र असईमा जागिर खुल्यो

नेपाल प्रहरीमा ३ सय ५६ जनाका लागि जागिर खुलेको छ। नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) मा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २ सय ६० जनाका लागि भर्ना खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म दरखास्त फारम भर्न सकिने सूचनामा उल्लेख छ।  प्रहरी निरीक्षक पदमा अनलाइनमार्फत् र प्रहरी सहायक निरीक्षक पदमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ।

प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ। प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ।

२०८० कार्तिक ३, शुक्रबार प्रकाशित 0 Minutes 358 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।