२०८१ श्रावण ४ शुक्रबार

प्रेस क्लब मेचीनगर: सञ्चारकर्मीबीच बडादशैं शुभकामना आदानप्रदान

मेचीनगर । मेचीनगरका सञ्चारकर्मी माझ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बडा दशैं २०८० को अवसरमा प्रेस क्लब मेचीनगले आफ्ना सदस्य तथा मेचीनगरमा रहेका सञ्चारकर्मीबीच भेटघाट कार्यक्रमको आयोजना गरेको हो ।

शुक्रबार क्लबको कार्यालय इटाभट्टामा आयोजित कार्यक्रममा क्लबका पूर्व पदाधिकारी, अग्रज सञ्चारकर्मी, क्लबका सदस्यलगायतको उपस्थिति रहेको थियो ।

शुभकामना कार्यक्रममा अग्रज पत्रकारहरुले चाडपर्वले सबैमा सकारात्मक उर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे । उनीहरुले सञ्चारमाध्यमलाई स्थानीय सरकारबाट सहयोग प्राप्त नभएको गुनासो गरे ।

प्रमुख अतिथि वडा नम्बर-७ का अध्यक्ष प्रह्लादमणी ओलीले स्थानीय सरकारको तर्फबाट चाहेजति सहयोग गर्न नसकिएको बताए । उनले सरकारका सकारात्मक गतिविधिलाई समेत नगरवासीसमक्ष पुर्याउन आग्रह गरे । उनले नगरका सञ्चारमाध्यमलाई वडाको तर्फबाट यथासक्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाईं, नारी सञ्चारगृहकी पूर्व अध्यक्ष अम्बिका भण्डारी, पूर्व अध्यक्षहरु ज्ञानेन्द्र निरौला, संंस्थापक अध्यक्ष सन्तोष आचार्य, प्रमुख अतिथि वडाध्यक्ष ओलीलगायतले मन्तब्य राखेका थिए ।

क्लबका उपाध्यक्ष जीआर धितालले स्वागत गरेको कार्यक्रम अध्यक्ष डम्बर बरालको सभापतित्व तथा सचिव देबु बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

२०८० कार्तिक ३, शुक्रबार प्रकाशित 1 Minute 170 Views

ताजा समाचार