२०८३ जेष्ठ २८ बिहीबार

दशैंमा मौसम सफा रहने

२ असोज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दशैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैंमा मौसम सफा रहने बताए । ‘दशैंमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक÷दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ’, उनले भने ।

महाशाखाले आज साँझ या भोलि शुक्रबार दशैंको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दशैं बुलेटिन आउने मौसमविद् लामिछानेले बताए ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुईस्थानमा मेघगर्जन÷चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।

भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन÷चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । अनलाइन खबरबाट

२०८० कार्तिक २, बिहीबार प्रकाशित 1 Minute 285 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।