२०८१ जेष्ठ ४ शुक्रबार

दुर्घटना नगराउने चालक सम्मानित

काँकरभिट्टा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर नगर कमिटी काँकरभिट्टाले हालसम्म दुर्घटना नगराएका चालकलाई सम्मान गरेको छ ।

चाडपर्वका अवसरमा सवारी दुर्घटना हुन नदिन चालकलाई टिका र माला लगाई सम्मान गरिएको हो । काँकरभिट्टादेखि महेन्द्रनगर, काँकरभिट्टादेखि नेपालगञ्ज, काँकरभिट्टादेखि चरिकोटा र काँकरभिट्टादेखि पोखरा रूटमा कुनै दुर्घटना तथा ट्राफिक कारबाहीमा नपरेका चालकलाई सम्मान गरिएको हो ।

बुधबार मेचीनगर—६ काँकरभिट्टा बस टर्मिनल परिषरमा नजिकिँदै गरेको वडा दशैं, शुभदिपावली तथा छठ जस्ता पर्वलाई लक्षित गरेर संगठनले थालेको सुरक्षित यात्राका सारथी चालहरुलाई समान तथा शुभयात्रा अभियानअन्तर्गत दुघर्टना न्यूनिकरण तथा विजया दशमी दिपावाली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा सवारी चालकलाई सम्मान गरिएको हो ।

दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले ८ जना चालकलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले असल चालकलाई प्रमाणपत्र ढाकाको टोपी लगाइदिएर र खदासहित सम्मान गरेका थिए । सम्मानीत हुनेहरुमाःलामो दूरीका सवारी चालक छन् । चाकललाई उत्प्रेरणाका लागि भनेर फूल, माला लगाइदिएर बिदाईसमेत गरिएको थियो ।

सम्मानित हुने चालकहरुमा श्यामबहादुर गुरुङ, हरेराम खड्का, गोविन्द ढकाल, सचिन महत, रविन रिजाल, दीपक गौतम, जगत पौडेल र ढुवानी मजदुर विर्खबहादुर गिरी रहेका छन् । चालकलाई सम्मान गर्दै प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकहरूले देखाएको इमान्दारिताले समाजमा अरू मान्छेलाई पनि सहयोगी बन्न प्रेरणाको स्रोत बनेको बताए ।

संगठनका केन्दीय अध्यक्ष राईले सवारीसाधनमा यात्रुमैत्री व्यवहार गर्न सवारी चालक, सहचालक र परिचालकलाई आग्रह गरे । सवारी साधनका सम्पूणर् चालक, सहचालक परिचालकहरुको गर्ने व्यवहारले देशकै इज्जत राख्ने भन्र्दै केन्द्रीय अध्यक्ष राईले पहिलो पटक चढेको चालकले राम्रो व्यवहार गरिदिए, देशकै राम्रो छाप पर्ने उनको भनाई थियो ।

सोहि अवसरमा केन्द्रीय अध्यक्षलाई समेत संगठनकोतर्फबाट सम्मान गरिएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीको हालै सम्पन्न प्रदेश अधिवेशनबाट मजदुरको क्षेत्रबाट प्रदेश कमिटी सदस्यमा निर्वाचित संगठनकातर्फबाट सम्मान गरिएको हो । सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले प्रदान गरेका थिए ।

संगठनका नगर अध्यक्ष राजकुमार बस्नेतले कार्यक्रमको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक दीपक भारती, बस टर्मिनल बसपार्क तथा यातायात व्यवस्थापन समिति मेचीनगरका अध्यक्ष डिल्लीराम घिमिरेलेलगायतले बोलेको कार्यक्रमको सञ्चालन संगठनका सचिव दावा तामाङले गरेका थिए ।

२०८० कार्तिक २, बिहीबार प्रकाशित 0 Minutes 216 Views

ताजा समाचार