२०८१ जेष्ठ ८ मंगलवार

युवा नीति निर्माणको अन्तिम चरणमा छ : युवा तथा खेलकुद मन्त्री लिम्बु

झापा । युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले युवा नीति आउने क्रममा रहेको बताए ।

धुलाबारीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले आम युवाले आशा र भरोसा गरेको युवा नीति निर्माणको अन्तिम चरणमा रहेको बताए । उनले युवाहरुले सचेत रहँदै आम विषयमा निरन्तर खबरदारी र सुझाव राख्न आग्रह गरे । फरक सन्दर्भमा मन्त्री लिम्बुले आफू यतिबेला भावनात्मक एकताका लागि सबैलाई जोड्ने अभियानमा रहेको बताए । उनले भने ’म मन्त्री रहुला या नरहुला सांसदको रुपमा अझै ४ वर्ष रहने बताउँदै यहाँका समस्या र आवश्यकतामा सदैव लागि पर्ने प्रतिवद्द्ता व्यक्त गर्दछु ।’समस्याले नयाँ कुरा जन्माउने बताउँदै विचारलाई सामुहिक रुपमा छलफल गर्नु पर्ने बताए । पार्टी भित्र पछिल्लो समय देखिएको द्वन्द्वलाई इङ्गित गर्दै उनले लागेको आगो ननिभाउँदा अर्को ठाउँमा आगो लाग्ने बताए । निणर्य प्रकृयामा पारदर्शीता हुनु पर्ने बताउँदै उनले सबैले म र आफुभन्दा हामी र हाम्रो भावना लिएर अघि बढ्नु पर्नेमा जोड दिए ।

१४ जना सहभागीले राखेको सुझावलाई संवोधन गर्दै कम्तिमा देखिने गरी केहिन केही काम गरेर देखाउने मन्त्री लिम्बुले आश्वासन दिए ।

कार्यक्रममा संबिधान सभा सदस्य उषा गुरूङ, नेपाली काँग्रेस कोशी प्रदेश सदस्य बिमल आचार्य, काँग्रेस झापा जिल्ला समितिका उपसभापति केशवराज पाण्डे, नेता राम कटेल, नगर सभापति सुशेष पनेरू लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

२०८० कार्तिक १, बुधबार प्रकाशित 1 Minute 110 Views

ताजा समाचार