२०८३ जेष्ठ २१ बिहीबार

सुनको मूल्य ह्वात्तै बढ्यो, प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार

काठमाडौँ । कात्तिक महिनाको पहिलो दिन नै सुनको मूल्यमा तीब्र वृद्धि भएको छ । असोज मसान्त अर्थात् ३० गते प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य कात्तिक १ गते एकैदिन १३ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार २ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले बढ्दै एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

२०८० कार्तिक १, बुधबार प्रकाशित 0 Minutes 325 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।