अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या ७० दशमलव छ प्रतिशतले बढेको थियो ।

काठमाडौँ– चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव एक प्रतिशतले बढेर दुई खर्ब २८ अर्ब ३७ करोड पुगेको छ ।

२०८० आश्विन ३०, मंगलवार प्रकाशित
1 Minute
216 Views