२०८१ जेष्ठ ८ मंगलवार

नापी कार्यालय झापाका सर्वेक्षक र बिचौलिया १ लाख २५ हजार घुससहित पक्राउ

झापा । जिल्ला नापी कार्यालय झापाका एक कर्मचारी र बिचौलिया घुस रकमसहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सोमबार दिउँसो नापी कार्यालय सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई घुस रकमसहित पक्राउ गरेका हुन् ।

उनीहरूले जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस रकम मागेका थिए । भद्रपुर- ७ स्थित बिचौलिया यादवको फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार रुपैयाँ र ५५ हजार रुपैयाँको चेकसहित जम्मा १ लाख २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई थप  अनुसन्धानका लागि इटहरी लगिएको जनाइएको छ ।

सर्वेक्षक ठाकुर लामो समयदेखि नापी कार्यालय झापामा बस्दै आएका थिए । सरुवा भए पनि उनी मिलाएर पुनः झापा आउने गरेको कर्मचारी स्रोतको दाबी छ । टाइम्स अफ प्रदेशबाट

२०८० आश्विन ३०, मंगलवार प्रकाशित 1 Minute 146 Views

ताजा समाचार