२९ असोज, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सत्तापक्षका सांसदले २५ बुँदे संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
सरकारले शिक्षकहरुसँग गरेको सहमतिको बुँदा समेटेर नेकपा माओवादी केन्द्रका सांसदहरु वर्षमान पुन, माधव सापकोटा लगायतले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

‘सरकारले शिक्षकहरुसँग गरेको सहमतिका आधारमा विषय बनायो । हामीले त्यसलाई अगाडि बढायौं’, सापकोटाले अनलाइनखबरसँग भने ।
२७ भदौ २०८० मा सरकारले विद्यालय शिक्षा विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेसँगै शिक्षक महासंघको अगुवाईमा देशभरका शिक्षक काठमाडौंमा भेला भएर आन्दोलन गरेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



