२०८३ जेष्ठ २८ बिहीबार

दमकमा श्रीमतीको हत्या गर्ने सुनुवार पक्राउ

दमक । झापाको दमक नगरपालिका–१ मा श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार सो ठाउँमा अस्थायी बसोबास गर्ने इलाम फाकफोकथुमका २२ वर्षीय दिनेश सुनुवारले गत बिहीबार राति ११ बजे मादक पदार्थ सेवन गरेर आफ्नै श्रीमती २१ बर्षीया सुनिता सुनुवारलाई निर्घात कुटपिट गरेका थिए । सुनितालाई दमक अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो ।

उनको त्यहाँ उपचारको क्रममा शुक्रवार साँझ मृत्यु भए लगत्तै प्रहरीले सुनुवारलाई नियन्त्रणमा लिएको इलाका इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले जानकारी दिए । पक्राउ परेका सुनुवारमाथि थप अनुसन्धान भइरहेको डिएसपी लामाले जानकारी दिए ।

२०८० आश्विन २८, आईतवार प्रकाशित 0 Minutes 325 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।