२०८१ बैशाख १८ मंगलवार

खुट्टीडाँगी क्षेत्रको विजयी सुरुवात

धुलाबारी । वडादशैं तथा शुभ दिपावलीको अवसर पारेर खुट्टीडाँगी युवा परिवारको आयोजनामा भएको टोल क्षेत्र स्तरीय फुटबल प्रतियोगितामा खुट्टीडाँगी क्षेत्रले विजयी सुरुवात गरेको छ ।

कवि शिरोमणि माविको खेल मैदानमा आज (शनिबार) भएको उद्घाटन खेलमा झापा लीलाबस्ती क्षेत्रलाई शून्यका विरुद्ध २ गोल गर्दै खुट्टीडाँगीले पराजित गरेको हो । दुवै टिमको प्रतिस्पर्धात्मक खेलमा खुट्टीडाँगीका खेलाडी सोवित कटुवाले १५ औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा एकको अग्रता लिएको खुट्टीडाँगीले दोस्रो हाफको ३५ औं मिनेटमा साहिल तामाङले थप गोल गरेर जीत सुनिश्चित गरे ।

भोलि (आइतबार) को खेल झरना क्षेत्र र चियावल्नी क्षेत्रबीच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ । प्रतियोगिता वडा नं ९ मा रहेका ८ वटा टोल क्षेत्रका टीम सहभागी छन् ।

आयोजक कमिटीका अध्यक्ष शितल लिम्बूको अध्यक्षता तथा मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा कविशिरोमणि मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष संगीता थापाले शुभकामना मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा मेचीनगर वडा नं ९ का वडा सदस्य धनकुमार श्रेष्ठ, सुष्मा कार्की डोली, रिदम नेपाल मेचीनगर ९ का अध्यक्ष रुद्र रोक्का, मेचीनगर रेडक्रस सोसाइटीका सभापति रमेश दाहाल, समाजसेवी तेजप्रसाद चौलागाईं, चन्द्रमणि पौडेल, उद्धव बानियाँ, जानुका ओली लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको विजेताले नगद २५ हजारसहित शील्ड, ट्रफी तथा प्रमाण पत्र पाउने छ भने उपविजेताले नगद १५ हजार प्राप्त गर्नेछ । स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ फुटबल प्रतियोगिता आयोजना गरिएको हो । फाइनल खेल कात्तिक ४ गते हुनेछ ।

२०८० आश्विन २७, शनिबार प्रकाशित 0 Minutes 227 Views

ताजा समाचार