२०८१ बैशाख १८ मंगलवार

छात्रालाई दुर्व्यवहारको आरोपमा मेचीनगरका शिक्षक पक्राउ

धुलाबारी, असाेज २७ । छात्रालाई दुर्व्यवहार गरेकाे आराेपमा मेचीनगरका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । मेचीनगर-९ स्थीत  हरि आधारभुत विद्यालयका अभिभावककाे उजुरीका आधारमा साेही विद्यालयका शिक्षक ध्रुव पाैडेललाई पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक राेहित शर्माले बताए ।

`छात्राहरूले आफुहरूलाई शिक्षक पाैडेलले दुर्व्यवहार गरेकाे भन्ने बयानका आधारमा अभिभावकले उजुरी दिएपछि पाैडेललाई शुक्रबार अपरान्ह पक्राउ गरेका छाैं,´प्रहरी निरीक्षक शर्माले भने,  `दुईजना छात्राका अभिभावकले दिएकाे उजुरीपछि मुद्दा दर्ता गरेर कानूनी प्रक्रिया अगाडी बढिसकेकाे छ ।´

शिक्षक पाैडेलबिरूद्ध कक्षा ७ र ८ का छात्राहरूले सामुहिक रूपमा पटक-पटक विद्यालयमा दुर्व्यवहारकाे गुनासाे गरे पनि विद्यालय प्रशासन र व्यवस्थापन समितिले ठाेस कदम नचाले पछि अभिभावकले नै प्रहरीमा उजुरी गर्नु परेकाे एक अभिभावकले बताए ।

दुईदिन अघि मात्रै मदिरा सेवन गरी विद्यालय गएकाे भनेर शिक्षक पाैडेललाई प्रहरीले नियन्त्रण लिएर केही घण्टा पछि छाेडेकाे थियाे ।

२०८० आश्विन २७, शनिबार प्रकाशित 1 Minute 1364 Views

ताजा समाचार