२०८१ बैशाख १८ मंगलवार

मागुरमाडी वन समूहका पूर्व अध्यक्षहरु सम्मानित

धुलाबारी । मेचीनगरको पर्यटकीय सिमसार रहेको मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं. १ को २८ औं वार्षिक साधारण सभामा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।

समूहको विहीवार सिमसार परिसरमा आयोजित साधारण सभामा संस्थापक अध्यक्ष कणर्बहादुर राई, रुद्रप्रसाद पोखरेल, जीवन पौडेल, गोविन्द थापा, भक्तिप्रसाद आचार्य र बमबहादुर बेघालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । समूह सञ्चालनमा एक वा दुई कार्यकालसम्म रहेर योगदान पुर्याएवापत उनीहरुलाई सम्मान गरिएको हो ।

यस्तै, समूहलाई हरसमय सहयोग पुर्याउने उपभोक्ता संगीता थापालाई पनि सम्मान गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघको पूर्व केन्द्रीय सदस्यसमेत रहेकी थापाले विभिन्न कालखण्डमा समूह सञ्चालनमा सकारात्मक भूमिका निर्वाह गर्दै आएकी छन् । यस्तै, पूर्व कर्मचारी चन्द्रबहादुर बस्नेतालाईसमेत सम्मान गरिएको छ ।

वन समूहका अध्यक्ष अम्बरबहादुर लिम्बूको अध्यक्षतामा तथा मेचीनगर वडा नं. ९ का वडाध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यतामा भएको उद्घाटन सत्रको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, मेची सव-डिभिजनका डिल्लीप्रसाद पोखरेल, सम्मानित व्यक्ति संगीता थापा, वन समूहका पूर्व अध्यक्ष बमबहादुर बेघा, थोप्लेविरान सावका अध्यक्ष कृष्णप्रसाद कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वन समूहका उपाध्यक्ष जोखेन मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यालय सचिव तीर्थराज खड्काले गरेका थिए । बन्दसत्रमा अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित भएको छ ।

२०८० आश्विन २६, शुक्रबार प्रकाशित 1 Minute 160 Views

ताजा समाचार