२०८२ बैशाख १७ बुधबार

कोशीमा राप्रपा तत्काल तटस्थ बस्ने

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिको सन्दर्भमा तत्काल तटस्थ बस्ने निर्णय गरेको छ । राप्रपाले आफूहरुको सहभागिता बिनै दुवै पक्षले मुख्यमन्त्रीमा दाबी गरेको उल्लेख गर्दै तत्काल कसैको पनि पक्ष नलिने निर्णय गरेको हो ।

कोशीमा राप्रपा तत्काल तटस्थ बस्ने

शुक्रबार बसेको केन्द्रीय पदाधिकारी बैठकले कसैलाई पनि आफूहरुको आवश्यकता नपरेकाले अहिले तत्काल पार्टीले कसैको पक्ष नलिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘कोशी प्रदेशको सन्दर्भमा गम्भीर समीक्षा भयो । हामीले घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ,’ उनले भने, ‘दुवै पक्षले ४७/४७ जनाको हस्ताक्षर बुझाउनुभएको छ । हामीले कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता देखिएको छैन । त्यसकारण अहिले तत्काल हामी कसैको पनि पक्ष लिदैनौँ ।’

९३ सदस्यीय कोशी प्रदेशसमा एमालेका ४०, कांग्रेसका २९ र माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको मुख्यमन्त्री नियुक्ति गर्न आह्वान गरिएकोमा सत्ता गठबन्धन दलले माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोलाई उम्मेदवार बनाएर ४७ जनाको हस्ताक्षर बुझाएका छन् भने गठबन्धनको निर्णयविपरीत नेपाली कांग्रेसका सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनलाई एमालेका ४० र कांग्रेसका ८ सांसदले समर्थन गरेका छन् ।

२०८० आश्विन २६, शुक्रबार प्रकाशित 1 Minute 186 Views

ताजा समाचार