२०८१ बैशाख १८ मंगलवार

बिर्तामोडमा ट्रकको ठक्करबाट एक महिला पैदल यात्रीको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट एक महिला पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पैदल यात्री दोलखा कालिन्चोकका ५१ वर्षीया देविमाया थामी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।बिर्तामोड नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख २०८३ नम्बरको ट्रकले पैदल यात्री थामीलाई ठक्कर दिएको थियो ।

घाइते भएकी थामीको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो। यता घटनामा संलग्न ट्रक र चालक सुनसरी गढी गाउँपालिका-४ का ३९ वर्षीय रमेश चौधरीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।

२०८० आश्विन २६, शुक्रबार प्रकाशित 1 Minute 216 Views

ताजा समाचार