२०८१ बैशाख १९ बुधबार

झापामा बहुरूपी बनेर मागेर हिँड्ने चार भारतीय पक्राउ

बिर्तामोड । बिर्तामोडमा बहुरूपी बनेर मागेर हिँड्दै गरेका चार जना भारतीयलाई प्रहरीले पक्राउ गरी भारत पठाएको छ । बिर्तामोडको बजारमा व्यापारीहरूबाट मागेर हिँड्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो ।

हात– हातमा डाली, अनुहार भरी इनामेल रङ्ग दलेर नक्कली लामो कपाल र फेटामा बहुरूपी बनेका ती भारतीयहरूलाई कृषि रोडमा पक्राउ गरी बिर्तामोडको नगर प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले बताए ।उनीहरूको साथबाट नगद र विभिन्न सामग्री बरामद भएको थियो । प्रहरीले ती भारतीयलाई भारत पठाएको हो ।

उपप्रमुख सङ्ग्रौलाले त्यस्ता व्यक्तिबाट जोगिनु पर्ने भन्दै यसरी विभिन्न बहाना बनाएर चन्दा उठाउन , आर्थिक सङ्कलन गर्न आएमा खबर गर्न आग्रह गरेका छन् । यसअघि बिर्तामोड नगरपालिकाले मागेर हिँड्ने १७ जना महिला र बालबालिकालाई पक्राउ गरी भारत पठाएको थियो ।

२०८० आश्विन २४, बुधबार प्रकाशित 0 Minutes 1116 Views