२०८१ बैशाख २६ बुधबार

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाको उपाध्यक्षमा सापकोटा

झापा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको झापा उपाध्यक्षमा शिवसताक्षीका विनोद सापकोटा चयन भएका छन् ।

महासंघको १० औ वार्षिक साधरण सभाको बन्द सत्रले सापकोटालाई निर्विरोध उपाध्यक्षमा चयन हो । झिलझिलेमा पाथिभरा बुक्स एण्ड स्टेसनरी तथा सताक्षी सप्लायर्सका प्रोपाइटर समेत रहेका सापकोटा संचार क्षेत्रमा समेत क्रियाशिल छन् । उनी झापाबाट प्रकाशित पूर्वाञ्चल दैनिकमा आवद्ध रहेका छन् ।

कनकाई नगरपालिकाको लक्ष्मिपुर स्थित लक्ष्मी पार्कमा साधरण सभा भएको थियो । जिल्लाका करिव १५० पुस्तक तथा व्यवसायी सभामा सहभागी थिए । जिल्ला समितिको अन्य रिक्त पदको कोषाध्यक्षमा अर्जुनधाराका चन्द्र घिमिरे र सह सचिवमा विर्तामोडका सन्तोष बुढाथोकी चयन भएका छन् ।

यस्तै सदस्य पदमा शिवसताक्षीकी निर्मला भण्डारी यादव र कनकाई नगर पालिकाबाट लक्ष्मिप्रसाद अधिकारी र दिपक खतिवडा निर्विरोध चयन भएका छन् । उनिहरु रिक्त पदमा चयन भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका झापा अध्यक्ष संजय शर्मा सापकोटाले घोषणा गरेका थिए ।

यस अघिको उद्घाटन सत्रमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघका केन्द्रिय सदस्य रविन बरालले पुस्तक तथा स्टेशनरी व्यवसाय बौदिक क्षेत्रका व्यक्तिले गर्ने भएकाले मुलुकमै सम्मान योग्य व्यवसायका रुपमा हेर्ने गरिएको बताए । उनले यदा कदा विचौलियाका कारण व्यवसाय शंकटमा पर्न थालेको व्यवसायीको गुनासो केन्द्रमा आउने गरेको समेत खुलासा गरेका थिए ।

विद्यालय तथा त्यसमा कार्यरत शिक्षक कर्मचारीले विद्यालयको कक्षा कोठामा पुस्तकको कारोबार गरेकाले व्यवसायी मारमा परेको उनले बताए । उनले भने,‘नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमा आवद्ध नभएका व्यक्ति वा फर्मलाई पुस्तकको कारोवार गर्ने छुट छैन । सरकारलाई कर भुक्तान गरेका व्यवसायीलाई मार पर्ने गरि पव्लिकेसन र श्रक्षिक संस्थाले व्यवसायीलाई हतोत्सायी बनाउन हुँदैन ।’ उनले गैर पुस्तक व्यवसायीलाई विक्रेताले पुस्तक उपलब्ध गराए दण्डित गर्नुपर्ने बताएका थिए ।

महासंघका पुर्व केन्द्रिय सदस्य श्याम ढकाल, चन्द्रमोहन उपे्रती, फडिन्द्र न्यौपाने लगायतले पव्लिकेसन, आधिकारिक विक्रेता र खुद्रा विक्रेता विचको तालमेल नमिल्दा व्यवसाय संकटमा परेको बताएका थिए । उनिहरुले मुलुकको आर्थिक संकटले पनि यो व्यवसायलाई चौपट बनाउन लागेको बताए ।

महासंघका झापा अध्यक्ष संजय शर्मा सापकोटाको सभापतित्वमा भएको कार्यक्रमको स्वागत जिल्ला कोषाध्यक्ष चन्द्र घिमिरेले गरेका थिए भने कार्यक्रमको संचालन दीपक खतिवडाले गरेका थिए ।

२०७९ पुष २४, आईतवार प्रकाशित 0 Minutes 431 Views

ताजा समाचार