२०८१ बैशाख १ शनिबार

इजरायलमा रहेका नेपाली लिन आजै रातिसम्म जहाज पठाउने सरकारको तयारी

सरकारले इजरायलमा रहेका नेपाली लिन आज (बुधबार) जहाज पठाउने तयारी गरेको छ । सरकारले आज रातिसम्म जहाज इजरायलको तेलअभिवतर्फ पठाउने तयारी गरेको हो ।

उक्त जहाजमा इजरायलबाट नेपाल फर्किन चाहने नेपालीलाई ल्याइने छ । त्यस्तै हमासको आक्रमणबाट मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पनि सोही जहाजमा ल्याइने छ ।  ‘हामीलाई राजदूतावासले तयारी अवस्था बस्न भनेको छ,’ इजरायलमा रहेका एक विद्यार्थीले लोकान्तरसँग भने ‘भोलि बिहानसम्म नेपाल आइपुग्ने आशा छ ।’ हालसम्म ३५० जना नेपाली इजरायलबाट नेपाल फर्किन नाम टिपाएका छन् ।

परराष्ट्र मन्त्रालयले आजै दिउँसो साढे चार बजे सिंहदरबारमा पत्रकार सम्मेलन गर्दैछ । उक्त पत्रकार सम्मेलनमा नेपालीलाई लिन जहाज पठाउने विषयमा जानकारी गराउने परराष्ट्र स्रोतले जनाएको छ ।

हमासले गरेको आक्रमणमा १० नेपालीको ज्यान गएको छ ।

२०८० आश्विन २४, बुधबार प्रकाशित 0 Minutes 110 Views

ताजा समाचार