२०८३ जेष्ठ २१ बिहीबार

तीन दिनमा सुनको मूल्य तोलामा १६०० ले बढ्यो

२३ असोज, काठमाडौं । मंगलबार पनि सुनको मूल्य बढेको छ । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य शनिबार हमास बिद्रोहीले इजरायलमा आक्रमण गरेपछि खल्बलिएको अन्तर्राष्ट्रिय अर्थतन्त्रका कारण पुनः उकालो लागेको हो ।

मंगलबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । योसँगै छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार ९ सय र तेजावी सुनको मूल्य एक लाख ८ हजार ४ सय रुपैयाँ पुगेको छ ।

शनिबार प्यालेस्टाइन विद्रोही हमास समूहले इजरायलमा आकम्रण भएयता सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । शुक्रबार एक लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक लाख ८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

आइतबार तोलामा ३ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार तोलामा एक हजार रुपैयाँले बढेको थियो भने मंगलबार तोलामा पुनः ३ सय रुपैयाँले मूल्य बढेको छ ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । यो सँगै मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ३४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ३४५ रुपैयाँ तोकिएको थियो ।

२०८० आश्विन २३, मंगलवार प्रकाशित 0 Minutes 349 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।