२०८२ बैशाख १७ बुधबार

वर्षा र खगेन्द्रलाई करातेको कातामा स्वर्ण

काठमाडौँ । नेकोस खेलकुद महोत्सवअन्तर्गत कराते च्याम्पियनसिपका व्यक्तिगत कातामा सुदूरपश्चिमका वर्षा साउद र कोशीका खगेन्द्र चाम्लिङले स्वर्ण पदक जितेका छन् ।

नेपाल खेलकुद समाजवादी नेकोसको आयोजना तथा नेपाल कराते महासंघको प्राविधिक सहयोगमा सातदोवाटोस्थित प्रशिक्षण हलमा प्रतियोगितामा महिला एकल कातातर्फ वाग्मतीकी मीरा खत्रीले रजत तथा गण्डकीकी विमला नेपाली र कोशीकी पार्वती राईले कांस्य जिते ।

पुरुष एकल कातातर्फ वाग्मतीका नीरजकुमार सिन्जालीले रजत तथा कोशीका ज्ञानेन्द्र सुनार र गण्डकीका बुद्ध लामाले कांस्य जिते ।

कुमिते ५० केजी तौल समूहमा कर्णालीका प्रियंका शाहीले स्वर्ण र वाग्मतीकी सोनम शेर्पाले रजत, ५५ केजीमा वाग्मतीकी सिर्जना महताराले स्वर्ण र सुदूरपश्चिमकी सोनिता थापाले रजत पदक जितेका थिए । महिला ६१ केजीमा वाग्मतीकी रमिता माझीले स्वर्ण र गण्डकीकी जाहिरा मियाले रजत, ६८ केजीमुनि सुदूरपश्चिमकी शर्मिला घर्तीले स्वर्ण र वाग्मतीकी कलाहाङ लिम्बुले रजत, ६८ केजीमाथि मधेशकी परिना शाही ठकुरीले स्वर्ण र वाग्मतीकी सुजता घिसिङले रजत पदक जितेका थिए ।

पुरुष कुमितेतर्फ ६० केजीमुनि सुदूरपश्चिमका प्रदीप बैजालीले स्वर्ण, वाग्मतीका मिलन नेपालीले रजत, ६७ केजीमुनि वाग्मतीकी निमा शेर्पा र सुदूरपश्चिमका खड्क थामीले रजत, ७५ केजीमुनि वाग्मतीका रविन त्रिपाठीले स्वर्ण र सुदूरपश्चिमका सुरज कुस्मीले रजत तथा ८४ केजीमाथि कोशीका सुशान्त कारन्जित र गण्डकीका किरण महताले रजत पदक जितेका थिए ।

सात प्रदेशबाट कुल ८४ खेलाडीले सहभागिता जनाएका थिए । खेलाडीलाई नेकपा समाजवादीका उपाध्यक्ष एवं पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले पुरस्कृत गरेका थिए ।

२०८० आश्विन २२, सोमबार प्रकाशित 0 Minutes 208 Views

ताजा समाचार