धुलाबारी, २२ असोज । खुट्टीडाँगी युवा परिवारको आयोजनामा यही असोज २७ गतेदेखि टोलस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
वडादशैं तथा शुभ दिपावलीको अवसर पारेर कवि शिरोमणि माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

प्रतियोगिता वडा नं ९ मा रहेका ८ वटा टोल क्षेत्रबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । प्रतियोगिताको विजेताले नगद २५ हजारसहित शील्ड, ट्रफी तथा प्रमाण पत्र पाउने छ भने उपविजेताले नगद १५ हजार प्राप्त गर्ने आयोजक खुट्टीडाँगी युवा परिवारका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।
स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको सदस्य सोवित कटुवालले बताए । प्रतियोगिताको फाइनल खेल कात्तिक ५ वा ६ गते गर्नेगरी तयारी आयोजकले थालेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



