२०८३ जेष्ठ २८ बिहीबार

झापामा मलद्वार र पेन्टीमा लुकाएर ब्राउनसुगर ओसार–पसार, दुई जना पक्राउ

मेचीनगर, २२ असोज । भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाबाट आइतबार प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

हिजो बेलुका भद्रपुर–५ स्थित मेचीपुलमा भारतबाट नेपालतर्फ आउदै गरेको मे १० प २७१५ नम्बरको मोटरसाइकललाई प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला झापा बिर्तामोड नगरपालिका–३ का १९ वर्षीय अनुज राजबंशीले लगाएको अण्डरवेयर भित्र लुकाई छिपाई ल्याउँदै गरेको १ ग्राम २३० मिलिग्राम ब्राउनसुगर फेला परेकोले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ६ स्थित भारतबाट नेपालतर्फ आउदै गरेको जिल्ला इलाम इलाम नगरपालिका वडा नं. ९ गोलबस्तीका १८ वर्षीय रोहन खवासलाई शंका लागी चेकजाँज गर्दा मलद्वार भित्र लुकाई ल्याउदैं गरेको प्रतिबन्धित लागु औषध खैरो हेरोइन ४ ग्राम ५०० मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक काबाहीको लागि इप्रका काँकरभिट्टामा ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

२०८० आश्विन २२, सोमबार प्रकाशित 0 Minutes 487 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।