२०८१ भाद्र २७ बिहीबार

इटाभट्टामा सहारा साकोसको इकाईगत साधारणसभा सम्पन्न

मेचीनगर, २१ असोज । झापाको अग्रणी सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २७ औं वार्षिक साधारण सभा अन्तरगत आज आइतबार इटाभट्टामा ईकाइस्तरीय सभा सम्पन्न गरेको छ ।

आइतबार संस्थाले इटाभट्टास्थित किरात याक्थुम चुम्लुङको सभाहलमा बौद्धमोड, काँकरभिट्टा र इटाभट्टा सेवाकेन्द्र अन्तर्गका शेयर सदस्यहरुका बीचमा आयोजना गरेको एकाईस्तरीय साधारण सभामा १५० जना सदस्यहरुलाई सामाजिक भत्ता वितरण गरेको हो ।

सदस्य पोषण भत्ताबाट एकल महिलालाई जनहि ८ हजार, ६६ देखि ७० वर्षका ज्येष्ठ नागरिकलाई ६ हजार, ७१ देखि ८० वर्षका ज्येष्ठ नागरिकलाई १० हजार र ८१ वर्ष माथिकालाई २५ हजारका दरले जनहि वार्षिक सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।

मेचीनगर नगरपालिका-८ का वडाध्यक्ष गिरीराज धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाकी अनुगमन अधिकृत गोमा बस्नेत, धुलाबारी क्याम्पसका अध्यक्ष पुष्पराज पौडेल, पूर्व मेची बस व्यवसायी संघका अध्यक्ष विष्णु श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका केन्द्रीय कार्यसमिति सदस्य बिन्दु श्रेष्ठको अध्यक्षता रहेको थियो । संस्थाको नीति तथा कार्यक्रम काँकरभिट्टा सेवा केन्द्रका सदस्य राजेश राउतले प्रस्तुत गरेका थिए । त्यस्तै, केन्द्रीय कार्यालयक वरिष्ठ प्रबन्धक रामनारायण प्रधानले आ.व. २०७९/८० को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभामा ४ सय ३० जना सदस्यको सहभागिता रहेको कार्यक्रममा माइन्युट प्रमाणिकरणका लागि ३१ सदस्यहरु छनौट भएका काँकरभिट्टा सेवा केन्द्रका इकाई संयोजक ज्ञानेन्द्र घिमिरेले बताए । कार्यक्रमको सञ्चालन इटाभट्टा सेवा केन्द्रका उपसमिति संयोजक राजन कुमार गिरी गरेको थिए ।

२०८० आश्विन २१, आईतवार प्रकाशित 1 Minute 233 Views

ताजा समाचार