२०८१ मंसिर २६ बुधबार

अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु, दुई जना घाइते

अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्  । अरिंगालले टोकेर बाह्रदशी गाउँपालिका- ५ नवकिरण टोल निवासी अन्दाजी ६० वर्षीया रामप्यारी भुर्तेलको मृत्यु भएको हो । अरिंगालले टोकेर मृतककी छोरी लक्ष्मी र ७ वर्षीय नाति घाइते भएका छन् ।

बिहीबार साँझ ५ बजे घर नजिकै घाँस काट्न जाँदा रामप्यारीमाथि अरिंगालको पुरै गोला खनिएको थियो । घाइते भएकी उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल बिर्तामोड लगिएको र उनको उपचारका क्रममा बिहीबार राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार चिलले अरिंगालको गोला हानेको बेला उनी त्यही ठाउँमा घाँस काट्न पुगेकी थिइन् । घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको घरमै उपचार भइरहेको बाह्रदशी ५ नम्बरका वडा सदस्य जय तिम्सिनाले जानकारी दिए ।

२०८० आश्विन १९, शुक्रबार प्रकाशित 1 Minute 241 Views

ताजा समाचार