२०८३ जेष्ठ २१ बिहीबार

चोटका कारण मेसीले नखेलेको खेलमा इन्टर मियामी पराजित

१८ असोज, काठमाडौं । अर्जेन्टिनी स्टार लियोनेल मेसीको क्लब इन्टर मियामीको एमएलएस प्ले अफको संभावना कठिन भएको छ ।

आज बिहीबार बिहानको खेलमा शिकागो फायरसँग ४-१ ले पराजित भएको मियामी आफ्नो समूहको अंकतालिकाको १४औं स्थानमा र समग्रमा २७ औं स्थानमा छ ।

चोटका कारण मेसी अनुपस्थित रहेको खेलमा शिकागोलाई जिताउन लिभरपुलका पूर्व मिडफिल्डर जेर्डन शाकिरी र मारेन हैले सेलासीले समान २ विकेट लिए ।

एमएलएस स्टार मेसीलाई हेर्नका लागि शिकागोको सोल्डर फिल्डमा कीर्तिमानी ६२ हजार १२४ जना दर्शक उपस्थित थिए । तर ३६ वर्षका मेसीले चोटकै कारण यो खेल खेल्न सकेनन् ।

सेप्टेम्बर ३ यता मियामीले खेलेका ७ खेलमा मेसीले एउटा मात्र खेल खेलेका छन् ।

शिकागोले मियामीसँगको खेल हेर्न स्टेडियममा उपस्थित हुने दर्शकलाई नगद प्रोत्साहनको व्यवस्थासमेत गरेको थियो ।

२०८० आश्विन १८, बिहीबार प्रकाशित 1 Minute 311 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।