२०८३ जेष्ठ २१ बिहीबार

धर्मगुरु श्रीनिवासाचार्यविरुद्ध आजै मुद्दा दर्ता गरिने

काठमाडौं । आफैंलाई गोली प्रहार गर्न लगाएर चर्चामा आएका धार्मिक गुरु श्रीनिवासाचार्यविरुद्ध सार्वजनिक शान्ति खलल पारेको कसूरमा मुद्दा दर्ता गरिने भएको छ ।

बिहीबार श्रीनिवासाचार्यलाई जिल्ला अदालत, धनुषामा पेश गरिएकाे थियाे। प्रहरीले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएकाे छ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले उनीविरुद्ध आजै मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

मुलुकी फौजदारी कार्यविधिमा सार्वजनिक शान्ति खलल पार्ने कसूर सम्बन्धी मुद्दामा एक वर्ष कैद र दश हजार जरिवान हुनसक्ने उल्लेख छ।

गुरु श्रीनिवासाचार्य सुनसरीको बराह क्षेत्र नगरपालिकाबाट यही असाेज १६ गते पक्राउ परेका थिए।

विवादास्पद अभिव्यक्ति दिएका कारण उनलाई नियन्त्रणमा लिइएकाे हाे।

श्रीनिवासाचार्यले केही वर्ष अघि विराटनगरको जतुवास्थित एक मन्दिरमा आफैंलाई गोली प्रहार गर्न लगाएका थिए।

२०८० आश्विन १८, बिहीबार प्रकाशित 0 Minutes 298 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।