२०८३ जेष्ठ २८ बिहीबार

जिल्ला प्रशासन कार्यालय झापा ‘कार्यसम्पादन मूल्याङकनमा उत्कृष्ट’

झापा । कार्यसम्पादन मूल्याङकनमा जिल्ला प्रशासन कार्यालय झापा ‘उत्कृष्ट’ भएको छ । गृह मन्त्रालयको मूल्याङकनमा झापाले ८७.३१ अंक प्राप्त गरेको हो ।

उता, कार्यसम्पादन मूल्यांकनमा ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु ‘अति उत्कृष्ट’ ठहरिएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०७९-८० मा गरेको मूल्यांकन सम्झौता बमोजिम काम गरेर ९० भन्दा माथि अंक ल्याउँदै ३३ वटा जिल्ला प्रशासन कार्यालयहरु अति उत्कृष्टको सूचीमा परेका हुन् ।

३० वटा प्रशासन कार्यालयहरु ८० देखि ९० अंकसम्म ल्याएर ‘उत्कृष्ट’ ठहरिएका छन् । बाँकी १४ जिल्ला प्रशासन कार्यालयहरु ‘उत्तम’ कार्यसम्पादनको सूचीमा छन् ।

कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय गुल्मी ९६.४४ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ६१.५६ अंकसहित अन्तिम स्थानमा छ ।

२०८० आश्विन १८, बिहीबार प्रकाशित 1 Minute 352 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।