
पछिल्ला दिनमा सेपरेसन म्यारिज अर्थात बिहे गरेर दम्पतीहरु एक अर्काबाट अलगै बस्ने ट्रेण्ड जापानमा लोकप्रिय बन्दै गएको छ । यसलाई विकेण्ड म्यारिज अर्थात् सप्ताहन्त बिहे पनि भनिन्छ । यसमा मानिसहरु एकातर्फ एक अर्काको प्रेम तथा सहयोगको आनन्द लिन्छन् भने अर्कोतर्फ आफ्नो जीवनसाथीको चिन्ता नगरीकन एक्लो जीवन जिइरहेका हुन्छन् ।
वास्तवमा सेपरेसन बिहेमा दम्पतीहरु विवाहित हुनु र सिंगल लाइफ जिउनु दुबैको मज्जा लुटिरहेका हुन्छन् । यद्यपि यसमा सो सम्बन्ध आपसी प्रेम र सम्मानमा आधारित हुन्छ ।

प्रेम र सम्मान हुन्छ तर हस्तक्षेप हुँदैन
एक समाचार च्यानलले हालै सेपरेसन म्यारिजमा रहेका एक जापानी जोडीका विषयमा सामग्री प्रशारण गरेको थियो । व्यायाम प्रशिक्षक तथा जिमखाना सञ्चालकसमेत रहेकी हिरोमी टाकेडा आफूलाई एक सशक्त तथा स्वतन्त्र महिला बताउँछिन् ।