काँकरभिट्टा । सदैव मानवीय सेवामा समर्पित माननीय बिश्वप्रकाश शर्माले भारतीय कारको ठक्करबाट गम्भिर घाइते भएका जीवन घिमिरे र उनको परिवारलाई साउदी अरबबाट सम्झिएका छन् ।
साउदी अरबको भ्रमणमा रहेका झापा क्षेत्र नं १ का सांसद तथा नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले सोमबार मेचीनगर-६ स्थित काँकरभिट्टाको एसियन हाइवेमा भारतीय कारको ठक्करबाट गम्भिर घाइते भएका सिटी चालक घिमिरको स्वास्थ्य उपचारप्रति चिन्ता व्यक्त गरेका छन् ।
पत्रकार मुक्ति पौडेलले सोमबार फेसबुक पेजमा दुर्घटनाको भिडियो पोष्ट गरेपछि शर्माले घाइतेको अवस्था र उपचारको व्यवस्थापनका बारेमा पत्रकार पौडेललाई वाट्स्यापमार्फत जानकारी लिएको छन् । घाइते घिमिरेको खुट्टा र टाउकोमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ । उनको उपचार बिएण्ड सी अस्पतालको आइसियुमा गरिदै छ । घाइते घिमिरे खतरामुक्त रहेको अस्पतालले जानकारी गराएको छ ।
नागरिकको स्वास्थ्य उपचारमा समस्या भएमा त्यसको संयोजन गर्ने माननीय शर्माले वचन दिएका छन् ।
सोमबार दिउँसो मुख्य राजमार्ग अन्तरगत एसियन हाइवेबाट भारततर्फ जादैँ गरेको सिटिलाई T R O 1 B T 530 नम्बरको कालो रंगको भारतीय कारले ठक्कर दिदा मेचीनगर-७ का जीवन घिमिरे सिटि चालकलाई गम्भिर चोट लागेपछि उपचारका लागि बिर्तामोडस्थित बिएण्ड सी अस्पतालमा लगिएका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आवश्यक कारबाहीका लागि कार र चालकलाई नियन्त्रणमा लिएको छ ।