काँरभिट्टा । भारतीय नम्बर प्लेटको गाडीले सिटि सफारीलाई ठक्कर दिँदा सिटि चालक गम्भिर घाइते भएका छन् ।
सोमबार करिब १:३० बजेको समयमा मुख्य राजमार्ग अन्तरगत एसियन हाइवेबाट भारततर्फ जादैँ गरेको सिटिलाई T R O 1 B T 530 नम्बरको कालो रंगको कारले ठक्कर दिदा मेचीनगर-७ का जीवन घिमिरे सिटि चालकलाई गम्भिर चोट लागेपछि उपचारका लागि बिर्तामोडस्थित बिएण्ड सी अस्पतालमा लगिएका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आवश्यक कारबाहीका लागि कार र चालकलाई नियन्त्रणमा लिएको छ ।
मुख्य चोकमा यसरी भएको दुर्घटनाले टाफ्रिक व्यवस्थापनप्रति नागरिकले चासो राखेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



