काठमाडौँ । अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले सोमबार अहिंसाको प्रवर्द्धन र हिंसाको खारेजीका लागि योगदान गर्न सबैलाई आग्रह गर्दै विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । हिंसालाई गौरवान्वित गर्ने सरकारी चेष्टा अहिंसाको दर्शनमाथि प्रहार हो भन्दै शान्ति समाजले जनयुद्ध दिवसका नाममा फागुन १ गते बिदा दिने सरकारी निर्णय शीघ्र खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
सोमबार बिहान शान्ति समाजका रुपन्देही, महोत्तरी, चितवन, नवलपुर, शाखाले प्रदर्शन गरेका छन् भने अछाम शाखाले अन्तरक्रिया कार्यक्रम गरेको छ । यस्तै समाजका दर्जन बढी शाखाहरूले आज साँझ प्रदर्शन तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्दैछन् ।