२०८३ जेष्ठ २८ बिहीबार

पेट्रोलियम पदार्थको मूल्य पहिलेकै कायम गर्न प्रधानमन्त्रीको निर्देशन, आयल निगमले फिर्ता लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको बढेको मुल्य फिर्ता लिन निर्देशन दिएका छन्। नेपाल आयल निगमका पदाधिकारीहरुसँग असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले पुरानो मुल्यसुची कायम गर्न निर्देशन दिएका हुन्।

पुरानो मुल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गर्न पनि निर्देशन दिएको सरकारका प्रवक्ता  तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

अब केहि समयमै नेपाल आयल निगम संचालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने समेत  उनले बताइन् ।

२०८० आश्विन १४, आईतवार प्रकाशित 0 Minutes 360 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।