२०८१ माघ ५ शनिबार

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट

झापा । यो वर्ष असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको हो ।

यस वर्ष पनि रु ५, रु १०, रु २०, रु ५० र रु १०० दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरिने नेपाल राष्ट्र बैंकका मुद्रण विभाग प्रमुख एवम् कार्यकारी निर्देशक ईडी नरेश शाक्यले जानकारी दिए ।

२०८० आश्विन १४, आईतवार प्रकाशित 0 Minutes 166 Views

ताजा समाचार