२०८३ जेष्ठ २८ बिहीबार

मूल्यवृद्धिको विरोध, प्रधानमन्त्रीले बोलाएको बैठक रास्वपाले गर्‍यो बहिष्कार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहिष्कार गरेको छ । आफूहरूले राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिष्कार गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।

सरकारले गरेको मूल्यवृद्धिप्रति रास्वपाको गम्भीर आपत्ति रहेको आइतबार उनले फेसबुकमा उल्लेख गरेका छन् । त्यसकै विरोधस्वरूप बैठक बहिष्कार गरेको उनले जानकारी गराएका छन् ।

“चाडपर्वहरूको मुखमा आमउपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ,” उनले लेखेका छन्, “यसको विरोधस्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौँ । थप कार्यक्रमबारे जानकारी दिनेछौँ ।”

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् ।

२०८० आश्विन १४, आईतवार प्रकाशित 1 Minute 292 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।