२०८० मंसिर २१ बिहीबार

गिरीबन्धु टि–स्टेट भ्रष्टाचार प्रकरण विरुद्ध माओवादी केन्द्र

बिर्तामोड, १३ असोज । नेकपा (माओवादी केन्द्र) ले झापाको बिर्तामोडमा गिरीबन्धु टि–स्टेट भ्रष्टाचार प्रकरण विरुद्धको ¥याली गरेको छ ।

पार्टीले गिरीबन्धु टि–स्टेटको फाइल तुरुन्त खोल, भष्ट्राचार विरुद्धको अभियान सफल पारौं, माओवादी केन्द्र जिन्दावाद, संसारका मजदुर एक हौं, सुकुम्बासीलाई लगाइएको कर निःशुल्क गर, श्रम ऐन तथा सामाजिक सुरक्षा सम्झौता तथा कार्यन्वयन गरलगायतका नारासहित ¥याली गरेको हो ।

बिर्तामोडस्थित सिटी सेन्टरबाट शुरु भएको भ्रष्टाचार प्रकरण विरुद्धको ¥याली मुक्तिचोक हुँदै अधुवा खोलाबाट पुनः मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिकुमार रानाले सम्बोधन गरेका थिए । उनले सामान्तबादी राज्यसत्ताको अन्त्य भएपनि शासकहरुमा सामान्तबादी चिन्तनले घर गरेको बताए । सामान्तवादी शासकको अन्त्य गर्नका लागि माओवादीले शुरु गरेको तीन महिने अभियानमा सवैले साथ तथा सहयोग गर्नु पर्ने उनको भनाई थियो । नेता रानाले सामान्तबादी राज्य सत्ताको अन्त्य गर्नका निम्ति माओवादी केन्द्रले शुरु गरेको अभियानमा एकजुट भएर लाग्न सवैलाई आग्रहसमेत गरेका छन् ।

माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अन्तरगत जारी ‘जन जनमा माओवादी, घरघरमा माओवादी’ अभियान अन्तरगत गिरीबन्धु टि स्टेट भ्रष्टाचार प्रकरण विरुद्धको ¥याली गरेको जनाइएको छ । माओवादी केन्द्र बिर्तामोड नगरपालिका वडा नम्बर ५ को आयोजनामा शनिवार बिर्तामोडमा बिभिन्न प्ले कार्ड बोकेर नाराजुलुससहित ¥याली गरिएको थियो । ¥याली कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य, प्रदेश कमिटी सदस्य, बिर्तामोड नगरका पदाधिकारी तथा सदस्य, वडाका पदाधिकारी तथा सदस्यलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

२०८० आश्विन १३, शनिबार प्रकाशित 0 Minutes 106 Views

ताजा समाचार