नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
शुक्रबार विराटनगरमा भएको संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको दलका उपनेता हिमाल कार्कीले जानकारी दिए।

सर्वोच्च अदालतको परमादेशले कार्कीलाई भदौ २२ गते मुख्यमन्त्री नियुक्त गरेको थियो।
कार्कीले असोज २० गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।
प्रदेश प्रमुख पर्शुराम ठाकुरले प्रदेश सरकारको सिफारिसमा असोज १७ गते बुधबार १ बजेको लागि प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेका छन्। सेतोपाटी
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



