२०८१ जेष्ठ ५ शनिबार

औषधि व्यवसायी संघ झापाको अधिवेशन भोलि

झापा । नेपाल औषधि व्यवसायी संघ झापाको उपाध्यक्ष पदमा राकेश शाह निर्विरोध चयन भएका छन् ।

संघको शुक्रवार हुने दोस्रो अधिवेशनका लागि खुद्रा उपाध्यक्षमा शाहको मात्रै उम्मेद्वारी परेसँगै उनी सर्वसम्वत भएका हुन् । बिर्तामोडस्थित पूणर्टुंग बिर्तासिटी अस्पताल परिसरमा रहेको बिर्तासिटी फार्मेसीका सञ्चालक हुन् उनी ।

नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको निर्वाचनमा अध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत भएको निर्वाचन समिति संयोजक नरेन्द्र बरालले जानकारी दिए । संघको दोस्रो कार्यकालका लागि अध्यक्षमा जीवनकुमार खड्का र प्रदिप खरेलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, सचिवमा प्रल्हादराम ढुंगाना र यज्ञराज कार्कीको उम्मेदवारी दर्ता भएको छ । बरालका अनुसार खुद्रा उपाध्यक्षमा शाहसहित वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी, थोक उपाध्यक्षमा विवेक बजगाईं सर्वसम्मत भएका छन् ।

त्यस्तै, महासचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा युवराज भट्टराई र उपकोषाध्यक्षमा लक्ष्मी पौडेल सर्वसम्मत भएका छन् । थोक सदस्यमा विप्लव लिम्बू, खुद्रा सदस्यमा रेवती भण्डारी तथा खुला सदस्यमा सुमन कोइराला, धमेन्द्र दंगाल र यामबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् । झापा शाखाको दोस्रो अधिवेशनमा ३६३ जना व्यवसायीको मताधिकार रहेको छ ।

२०८० आश्विन ११, बिहीबार प्रकाशित 0 Minutes 134 Views

ताजा समाचार