२०८३ जेष्ठ २९ शुक्रबार

एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने

११ असोज, काठमाडौं । एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने भएको छ ।

शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिनेछ । अभियानका क्रममा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डाहरु जनतालाई सुनाउने एकीकृत समाजवादीले बताएको छ ।

आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको जानकारी दिँदै एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले भने, ‘समृद्धि र समाजवादको आजको कार्यक्रम के हुनसक्छ भनेर बताउने, जनताको सुझाव लिएर अझ स्प्रष्टताका साथ आउन पहलकदमी लिएका छौं ।’

२०८० आश्विन ११, बिहीबार प्रकाशित 0 Minutes 354 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।