२०८० मंसिर २१ बिहीबार

मोटरसाइकलको एयर फिल्टरमा ब्राउन सुगर ल्याउने बुद्धशान्तिका प्रसाईँ पक्राउ

झापा । मोटरसाइकलको एयर फिल्टरमा ब्राउन सुगर लुकाएर ल्याउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका-२ बस्ने ४२ वर्षीय दीपकप्रसाद प्रसाईँ रहेका छन् ।

आज साँझ ५.३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.६ स्थित काँकडभिट्टा भन्सार गेट अगाडी इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.५.प. ५७०९ को मोटरसाइकलमा सवार प्रसाईँलाई शङ्का लागेर चेकजाँच गर्दा मोटरसाइकलको एयर फिल्टरमा लुकाई छिपाई ल्याउँदै ४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०८० आश्विन ११, बिहीबार प्रकाशित 1 Minute 203 Views

ताजा समाचार