२०८१ बैशाख ८ शनिबार

रिगललाई माफी दिएको विषयमा कांग्रेसमा उठ्यो प्रश्न, गगन-विश्वले आपत्ति जनाउँदा पूर्णबहादुरले गरे बचाउ

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हत्या अभियोगका दोषी बाँकेका योग ढकाल ‘रिगल’लाई माफी दिएको विषयमाथि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा छलफल भएको छ । रिगललाई माफी दिएपछि राष्ट्रपति पौडेल आलोचनाको केन्द्रमा छन् ।

यसरी राष्ट्रपति संस्था नै आलोचित भएको विषयले कांग्रेस बैठकमा प्रवेश पाएको हो । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यो विषय उठाएका हुन् । महामन्त्री थापाले कुनै व्यक्तिले गरेको अपराधमा पार्टीले जिम्मेवारी लिन नसक्ने बताए । उनले रिगलले माफी पाएको विषयको जिम्मेवारी कांग्रेसले बोक्नुपर्ने भए पनि यस विषयमा पार्टीमा कुनै जानकारी नभएको भन्दै सरकारमा मन्त्री भएकाहरूको आलोचना गरे ।

उनले भने, ‘यहाँ राष्ट्रपतिले आममाफी दिएको कुरा चर्चा भयो, सरकारले एउटा निर्णय गर्छ, राष्ट्रपतिजीले त औपचारिकता दिने कुरा मात्रै हो । वास्तवमा यो निर्णयको सिंगो जिम्मेवारी कांग्रेसले बोक्नुपर्छ । तर हामीलाई नै केही थाहा छैन । किन दिइएको हो ? कसरी दिइएको हो ? हामीलाई केही थाहा छैन । त्यसकारण कांग्रेसको कोही पनि सदस्य साथी कुनै बेला व्यक्तिगत अपराध गर्छ भने त्यसको सम्पूर्ण भारी ऊ आफैँले बोक्नुपर्छ । यस्तो कुरामा अब कांग्रेस चुक्दैन ।’

अर्का महामन्त्री शर्माले पनि यो माफी दिने निर्णय ठीक नभएको बताए । उनले यो निर्णयले राष्ट्रपति संस्थामाथि आलोचना भएको भन्दै ठीक नभएको बताए । उनले भने, ‘राष्ट्रपति संस्थालाई आलोचनामा आउने कर्म सरकारको पछिल्लो एउटा निर्णयले भएको छ, आममाफीको सूची । यसमा सही नै भएको छ भन्ने देखिँदैन ।’

यसरी पार्टी महामन्त्रीहरू सरकारको यो निर्णयको विरोधमा उत्रिएपछि कांग्रेसतर्फबाट नेतृत्व गर्दै सरकारमा गएका पार्टी उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रस्टीकरण दिएका छन् । खड्काले कानुन र संविधानअनुसार विभिन्न अपराधमा आममाफी दिइएको बताएका छन् । शिलापत्र

२०८० आश्विन ८, सोमबार प्रकाशित 0 Minutes 156 Views

ताजा समाचार