२०८३ जेष्ठ २८ बिहीबार

अशक्त महिलामाथि बलात्कार गरेको आरोपमा बालक पक्राउ

बझाङमा २८ वर्षीया अशक्त महिलामाथि बलात्कार गरेको आरोपमा एक बालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पक्राउ पर्नेमा छबिसपाथिभेर गाउँपालिकाका १३ वर्षीय बालक छन्। उनलाई आइतबार पक्राउ गरेको हो।

शारीरिक रूपमा अपांग भएकी महिलालाई बेडमा सुतिरहेको अवस्थामा बालकले जबरजस्ती गरेको देखपछि उनकी आमाले प्रहरीलाई खबर गरेकी थिइन्।

उनकी आमाले खबर गरेको दुई/ तीन घन्टाभित्र बालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङको डिएसपी भरतबहादुर शाहलले जानकारी दिए।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

२०८० आश्विन ८, सोमबार प्रकाशित 0 Minutes 231 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।