२०८१ बैशाख १५ शनिबार

चन्दको नेतृत्वमा यस्तो बन्यो क्यानको नयाँ कार्यसमिति

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ नेतृत्व पाएको छ । चतुरबहादुर चन्दको नेतृत्वमा क्यानले नयाँ कार्यसमिति पाएको हो ।

नयाँ कार्यसमितिको अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह, सचिवमा पारस खड्का, कोषाध्यक्षमा पदमबहादुर खड्का, महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीमा श्रीधर केसी र लुम्बिनी प्रदेशमा प्रदीप मजगैया चयन भए । यसमा पारसबाहेकका सबै निर्विरोध भएका थिए ।

क्यानको चुनावी साधारणसभाबाट सचिवमा निर्वाचित भएका नेपाली क्रिकेट राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले ४८ मत ल्याएका छन् । सचिवमा पारसका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्लले ३७ मत ल्याए ।

निर्वाचनमा मधेस प्रदेशका दुई उमेदवार माधव कर्माचार्य र मोहम्मद दाउन अन्सारीले समान ४२ मत ल्याए । मत बराबर हुँदा गोलाप्रथाबाट माधव विजयी भए । यस्तै, खुलातर्फ पनि करण महतरा क्षेत्री र ऋषिराम गौतमले समान २६ मत पाएका थिए । जसमा गोलाप्रथाबाट करण विजयी भए ।

कोसी प्रदेशबाट अर्जुन पौडेल ४८ मतसहित विजयी भए । वाग्मती प्रदेशबाट दिवाकर घले ४६ मतसहित विजयी भए । गण्डकी प्रदेशबाट सुदीप शर्मा ५२ मतसहित विजयी भए । सुदूरपश्चिम प्रदेशबाट विक्रम विष्ट ४९ मतसहित विजयी भए ।

खुला पाँच सदस्यमा धिरेन्द्र साउद ५९ मतसहित विजयी भए । धिरेन्द्र क्यानको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउने सदस्य बने । यस्तै, दुर्गाराज पाठक ५४, आयुष श्रेष्ठ ५१ र विरेन्द्रबहादुर चन्द ३४ मतसहित विजयी भए ।

क्यानको केन्द्रीय निर्वाचनमा ८५ मत थिए । जसबाट शतप्रतिशत मत खसेको थियो । क्यानको कुल मत ८६ भए पनि शुक्रबारको साधारणसभाले प्रतिनिधि विवादका कारण झापा जिल्लाको मताधिकार खोसेको थियो ।

Can-new-1695473924.jpg

२०८० आश्विन ६, शनिबार प्रकाशित 0 Minutes 156 Views

ताजा समाचार