२०८३ जेष्ठ २८ बिहीबार

पूर्व प्रदेश सांसद् मैनालीलाई हातपात गर्ने ओली धरौटीमा रिहा

काँकरभिट्टा, ३ असोज । प्रदेश १ का पूर्व सांसद श्रीप्रसाद मैनालीलाई हातपात गर्ने भुपाल ओली धरौटीमा रिहा भएका छन् । ओलीले एक हप्ताअघि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा आएर मैनालीलाई हातपात गर्नु गल्ती भएको स्वीकार गर्दै आत्मसमर्पण गरेका थिए । ओलीलाई छुटाउन इप्रकामा छलफलसमेत बसेको थियो । छलफलमा पूर्व सांसद मैनालीका परिवार नआएपछि प्रहरीले कानुन अनुसार अनुसन्धान सुरू गरेको थियो ।

करिब ३ महिनाअघि हातपात गरेर फरार रहेका ओलीलाई इप्रकामा अभद्र व्यवहार सम्बन्धी सार्वजनिक मुद्दा दर्ता गराएको थियो ।

इप्रकाका प्रमुख डीएसपी दिपक भारतीले आत्मसमर्पण गरेका ओली सीडीओ कार्यालयमा धरौटी राखेर छुटेको बताए ।

२०८० आश्विन ३, बुधबार प्रकाशित 0 Minutes 397 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।